दफा ३
विष्फोटक पदार्थ घोषित गर्ने अधिकार
नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै पदार्थ त्यसमा विष्फोटक तत्वहरु रहेको कारणले वा त्यसको उत्पादन गर्दाको सिलसिलामा चाहिने विधिहरु अपनाउँदा कुनै किसिमको विष्फोट हुने सम्भावना भएको कारणले व्यक्तिहरुको जीउ ज्यान वा सम्पत्तिमा खतरा हुने देखेमा नेपाल सरकारले सो पदार्थलाई विष्फोटक पदार्थ भनी घोषित गर्न सक्नेछ र त्यसरी घोषित गरिएका प्रत्येक पदार्थलाई यो ऐनको तात्पर्यको लागि विष्फोटक पदार्थ भनिनेछ ।